बाढी पहिरोको विपदप्रति पूर्वराजाको दु:ख व्यक्त

बाढी पहिरोका कारण देशभर जनधनको क्षति भएकोमा पूर्वराजा ज्ञानेन्द्र शाहले दुख व्यक्त गरेका छन् ।

आइतबार विज्ञप्ति जारी गरी उनले राजधानी लगायत देशका बिभिन्न भूभागमा आएको बाढी पहिरोको प्रकोपले धेरै जन धनको क्षति भएकोमा दुख व्यक्त गरेका हुन् ।

उनले प्राकृतिक प्रकोप र मानवीय संवेदनाको घडीमा तिम्रो र मेरो भन्ने संकीर्ण सोचबाट माथि उठेर सबैले सबैको लोकहितकारी काममा लाग्नुपर्ने पनि बताएका छन् ।

पूर्वराजा शाहले प्राकृतिक विपदका पीडितप्रति समवेदना र सहानुभूति व्यक्त गर्दै विपद व्यवस्थापनको प्रभावकारी कदम चाल्न आवश्यक रहेको विज्ञप्तिमा उल्लेख गरेका छन् ।

merokhabarsathi

Read Previous

बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या ५० पुग्यो, ३३ बेपत्ता, २५ घाइते

Read Next

अझै केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना, सतर्क रहन आग्रह

Leave a Reply

Your email address will not be published. Required fields are marked *