केही दिनदेखि निरन्तर रुपमा भएको वर्षासँगै आएको बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या संख्या ५० पुगेको छ भने ३३ जना अझै बेपत्ता रहेका छन्।
बिहीबारदेखि परेको वर्षाले देशका विभिन्न भूभागमा ठूलो जनधनको क्षति भएको छ। आइतबार दिउँसो साढे १२ बजेसम्ममा ५० जनाले ज्यान गुमाएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
त्यस्तै बाढी, पहिरो र डुबानमा परी अहिलेसम्म ३३ व्यक्ति वेपत्ता हुनका साथै २५ जना घाइते बनेको प्रहरीले जनाएको छ।
प्रहरीले बाढी, पहिरो र डुबानमा फसेका ११ सय ४ जनाको उद्धार गरेको छ।
वर्षाका कारण प्रदेश १, २ र ३ सबैभन्दा बढी प्रभावित बनेका छन्।