आरती सापकोटा, चितवन। सामर्थ्य नेपालका अध्यक्ष अर्जुन भुषालले आफुहरुले सुरु गरेको काममा हस्तक्षेप गरेको पहिलो पाईला नामक संस्थाले जनाएको छ । कैलालिको कचालीमा रहको उज्यालो शिक्षा सदनको भवन निमार्णका लागी आफुहरुले स्थानिय निकायबाट अनुमति लिई काम थालेपछि एकाएक आफुहरुलाई कुनै जानकारी बिनानै अर्जुन भुषालले त्यही बिद्यालय भवन निमार्ण गर्ने भन्दै फेसबुक बाट लाईभ गरी आर्थीक सहयोग माग्न थालेपछि आफुहरुले भुषाललाई यस्तो नगर्न आग्रह गर्दा भुषालले आफुहरुलाईनै उल्टै आक्रोष भाव प्रकट गरी रकम संकलन गर्न थालेपछि आर्थीक अनियमितता हुने ठहरले आफुहरुले भवन निमार्ण कार्यनै छाडेर हिड्नु परेको संस्थाका महासचिव बिजय खड्काले बक्तब्य जारी गरी जानकारी गराउनु भयो ।
महासचिव द्धारा जारी बक्तब्यमा एउटा ससंस्थालाई भवन निमार्णमा अनुमति दिने र अर्को संस्थालाई रकम संकलन गर्न अनुमति दिने काम स्थानिय तहबाट भएपछि त्यहा आर्थीक हिनाबिना हुने देखेर आफुहरुले सिलन्यास गरेको बिद्यालय भवन निमार्णको काम छोडेर हिड्नु परेको जनाईएको छ । आफुहले सिलन्यास सुरु गरेपछि भुषालले आफुहरुलाई जानकारी बिनै सिधै वडा अध्यक्ष समक्ष गएर रकम संकलनको लागी अनुमति पत्र लिएर रकम उठाउन थालेपछि दुई संस्था बिच द्धोन्द बढ्ने देखेर काम नगर्ने भनि विज्ञप्ती मार्फत जानकारी गराएर काम छाडेको बक्तब्यमा उल्यख छ । २०७५ ०९÷२३ मा वडाले पहिलो पाईला नामक संस्थालाई अनुमति दिएको छ भने २०७५ ÷१२÷१२ मा अध्यक्ष अर्जुन भुषालले पैसा संकलन गर्ने अनुमति लिएका छन् ।
यस्तो छ संस्थाले जारी गरेको विज्ञप्ती ।