चितवनमा नै पहिलोपटक कानुन बिषयको पढाई शुरु हुदै

चितवन । भरतपुर महानगरपालिका वडा नम्बर २१ स्थित भानु माध्यमिक विद्यालय, पहारिलोटारमा यसै शैक्षिक सत्रदेखि कानुन बिषयमा पढाई शुरु हुदैछ । गत बर्ष जुनियर कम्युटर टेक्निसियन बिषयमा पढाई गर्दै आएको विद्यालयले पछिल्लो समय कानुन बिषयको आवश्यकता र आर्कषण बढ्दै गएको भन्दै यस बिषयको पढाई शुरु गर्न लागेको हो ।

यो संँगै विद्यालयले दशजोड दुई तहको लागि शिक्षा बिषयको समेत पढाई शुरु गर्न लागेको छ । शनिबार विद्यालयले भरतपुरमा पत्रकार सम्मेलन गरी यसबारे जानकारी दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै विद्यालयका अध्यक्ष दिलिप पौडेलले भरतपुर महानगरको केन्द्र भागमा रहेको यो विद्यालय रहेको र कानुन बिषय नेपालमा मात्रै नभई विदेशमा समेत उच्च माग रहेकोले यस बिषयको पढाई शुरु गर्न लागिएको बताए । ‘मानिसको जीवनमा हरेक पाइलामा कानुनको ज्ञान आवश्यक छ, उनले भने, यसको माग र आर्कषण पनि उत्तिकै छ ।’ कानुन बिषय पढ्न चाहने विद्यार्थीको लागि अब काठमाडौ लगायत अन्यत्र जानु नपर्ने उनको भनाई थियो ।

विद्यालयका प्रधानाध्यापक विकास थापाले यसै शैक्षिक सत्रमा यस बिषयको लागि एकसय जना विद्यार्थीसम्म भर्ना क्षमता रहेको र विद्यालयले भर्ना प्रक्रिया गसिकेको जानकारी दिए ।
विद्यालयले यस बिषय पढ्न चाहने विद्यार्थीको लागि भर्ना शुल्क ९ हजार ५०० सय र मासिक शुल्क २ हजार ४ सय ५० रुपैयांँ तोकिएको छ । यसैगरी शिक्षा बिषयको लागि भर्ना शुल्क ४ हजार रुपैयांँ र मासिक शुल्क ९ सय ७५ रुपैयांँ कायम गरिएको छ । हालसम्म १७ जना विद्यार्थीले फाराम भरिसकेको बताउंँदै थापाले साउन ५ गतेबाट पढाई शुरु हुने जानकारी दिए ।

सो अवसरमा बोल्दै वरिष्ठ अधिवत्ता, जगन्नाथ भण्डारीले कानुन बिषय सबै क्षेत्रको लागि उपयोगी हुने बताउंँदै चितवनमा पहिलोपटक ल्याइएको अवसरलाई नगुमाउन विद्यार्थी, अभिभावकलाई अनुरोध गरे । पछिल्लो समय स्थानीय तहका प्रत्येक वडामा अधिबक्ता समेत नियुक्त गरिएको भन्दै यस बिषय अध्ययन गर्ने विद्यार्थीले वेरोजगार हुन नपर्ने उनले बताए ।
विद्यार्थीको सुविधाको लागि बस तथा होष्टलको समेत सुविधा रहेको विद्यालयले जनाएको छ । विद्यालयमा हाल शिशु कक्षा देखि माध्यमिक तहसम्म ५०० विद्यार्थी अध्ययन अध्यापन गर्दै आईरहेका छन । योसंँगै विद्यालयले यसबर्ष धान्याञ्चल महायज्ञको आयोजना गरी विद्यालयको पूर्वाधार थप गर्दै शैक्षिक गुणस्तर समेत सुधार्दै लगेको जनाएको छ

merokhabarsathi

Read Previous

प्रदेश २ सरकारले बाढीबाट ज्यान गुमाउनेको परिवारलाई ३ लाख रुपैयाँ दिने

Read Next

अविरल वर्षाका कारण सर्लाहीको मलंगवासहित दक्षिणी भेगका अधिकांश भू–भाग डुबानमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *