Breaking News :

त्रिशूली नदीमा ट्रक खस्दा सहचालक बेपत्ता,चालक घाइते

पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका-५ नाग्दी खोलाबाट ट्रक त्रिशूली नदीमा खस्दा सहचालक बेपत्ता भएका छन् । भने ट्रक चालक घाइते छन् ।

रुपन्देहीको भैरहवाबाट दाना बोकेर काठमाडौं जाँदै गरेको ना ४ ख १७९६ नम्बरको ट्रक गएराति करिब साढे १ बजे त्रिशूलीमा खसेको प्रहरीले जनाएको छ ।

ट्रक सहचालक दाङ घोराही बस्ने २५ वर्षीय अनिल गुरुङ बेपत्ता भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

ट्रक चालक ललितपुर बस्ने ४६ वर्षीय माधव थापामगर घाइते छन् । उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।नदीमा बाढी आएका कारण उद्धारमा समस्या भएको प्रहरीले जनाएको छ ।

merokhabarsathi

Read Previous

लगातारको बर्षाको कारण चितवनको राप्ती नदीले पार गर्‍यो खतराको सुचक

Read Next

पश्चिम राप्तीमा पानीको सतह चेतावनी तह भन्दा तलै, तर सतर्क रहन आह्वान

Leave a Reply

Your email address will not be published. Required fields are marked *