आरती सापकोटा चितवन। सामर्थ्य नेपालका अध्यक्ष अर्जुन भुषालले सामर्थ्य फाउण्डेसनको रकम दुरुपयोग गरेको सामर्थ्य नेपालका कोषाध्यक्ष प्रकाश थापाले बताउनु भएको छ ।
एक जिल्ला बाट २ जना अनाथ तथा बिपन्न बालबालिकालाई पढाउने भनेर उठाएको पैसा डस्टविन किनेर खर्च गरेको भनेर अध्यक्ष भुषालले बिहिबारको बैठकबाट पास गराउन खोजेको र आफुले त्यसको विरोध गरी सहि नगरेको थापाले बताउनु भयो । फाउण्डेसनमा धेरै रकम दाताहरुले बोलेपनि १ लाख ९० हजार रकम नगद उठेको र त्यो रकम डस्टबिन किनेर खर्च गरेको भनेर बैठक बाट अनुमोदन गराएर आफु बच्ने काम अध्यक्ष भुषालले गर्न थालेको उहाको भनाई छ । जुन शिर्षकका लागी उठाएको हो त्यही शिर्षकमा पैसा खर्च गर्नु पर्ने आफनो पुरानो अडान कायमै रहेको उहा बताउनुहुन्छ ।
अध्यक्षको विषयमा धेरै बिबाद आएपछि बिहिबारको बैठक उपाध्यक्ष आशिस बस्नेतको अध्यक्षतामा बसेको बताईएको छ । अहिले अध्यक्षले संस्थागत तवरबाट काम नगरेपछि सबै जसो पदाधीकारीहरु असन्तुष्ट छन् । कोषाध्यक्ष प्रकाश थापाले पनि छुट्टै अभियान थाल्नु भएको छ । अध्यक्षको विषयमा तीव्र विवाद आएपछि वर्तमान सल्लाहकार र पुराना कार्यसमिति सदस्यहरु गरी करिव ४० जना को सहभागितामा शनिबार बैठक बस्ने तयारीमा आफुहरु रहेको एक अभियान्ताले बताए ।
यसैबिच अध्यक्ष भुषालले भने आफुले फाउण्डेसनको रकम चितवन महोत्सव , गैडाकोट महोत्सव स्टल राख्दा र डस्टविन खरीद गर्दा खर्च भएको बताउनु भएको छ ।