Breaking News :

मान्द्रो फुड एण्ड पिज्जा हाउस संचालनमा आउने

रविना पौडेल,चितवन।करिब नौ महिना अगाडि भरतपुरको लायन्सचोकमा रहेर आफ्नो सेवा दिइरहेको मान्द्रो टिपिकल चुल्होको अर्को शाखा मान्द्रो फुड एण्ड पिज्जा हाउस संचालनमा आउने भएको छ। मान्द्रो फुड एण्ड पिज्जा हाउस नारायणगढको पुल्चोकको हिमालयन बैंकको नजिकै संचालनमा आउने भएको हो।

मान्द्रो परिवारले आज आयोजित पत्रकार सम्मेलनमा आफ्नो पहिलो शाखाको रुपमा  असार २९ गते आइतबार देखि संचालन गर्ने जनाएको छ। पत्रकार सम्मेलन मान्द्रोको सञ्चालिका प्रतिक्षा रानाभाटले ग्राहकहरुको अपार माया पछि नयाँ शाखा सञ्चालन गर्न लागेको जानकारी दिनुभएको छ। मान्द्रोले सेवाग्राहीहरुलाई सुगम संगीतको  साथमा टिपिकल नेपाली खाना, इण्डियन, चाइनीज कन्टिनेन्टल खाना खुवाउँदै आएको रानाभाटले बताउनुभयो ।

नयाँ शाखाबाट इटालीयन कन्टिनेन्टल खाना उपलब्ध गराउनुको साथै चितवनमा नै नपाइने पिज्जा ‘मान्द्रो लिजा’ सो फास्टफुडमा उपलब्ध हुने सञ्चालक राजन पौडेलले बताउनुभयो। सो फुड एण्ड पिज्जा हाउसबाट स्याण्डविच, बर्गर, मोमोलगायतका फास्टफुड का परिकार उपलब्ध गराइने जानकारी दिँदै पौडेलले खाजाको गुणस्तरप्रति आफूहरु सधैँ सचेत रहेको बताउनुभयो।

असार २९ गतेदेखि १५ दिनसम्म जुन सुकै खानाको परिकारमा १० प्रतिशत छुट, पिज्जा तथा बर्गरको साथमा कम्बोप्याक अफरलगायतका विभिन्न अफरहरु प्रदान गरिने पौडेलले बताउनुभयो। भरतपुरको बजार क्षेत्रभित्र निशुल्क रुपमा होम डेलिभरीको व्यवस्था समेत रहेको पौडेलको भनाइ छ ।

समयको बचत संगै स्वच्छ र सफा खाना खुवाउने बताउदै आर्को संचालक रणबहादुर रानाभाटले  बिहान ७ बजेदेखि बेलुकी ९ बजेसम्म सेवा प्रदान गरिने बताउनुभयो।

merokhabarsathi

Read Previous

वर-पिपलको चौतारा मासिदै,स्थानीय चिन्तित

Read Next

सामर्थ्य फाउण्डेसनको रकम अध्यक्षले दुरुपयोग गरेको सामर्थ्य नेपालका कोषाध्यक्ष प्रकाश थापाको भनाई

Leave a Reply

Your email address will not be published. Required fields are marked *