६६ जना यात्रु बोकेको यती एयरलाइन्सको विमान चिप्लियो

विभिन्न गन्तव्यबाट आएका विमान नेपाली आकासमै होल्डमा परेका छन् । यती एयरलाइन्सको जहाज शुक्रबार बिहान धावनमार्गमा चिप्लिएर विमानस्थल बन्द भएपछि अन्तर्राष्ट्रिय विमान आकाशमै होल्ड हुन पुगेका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार, विमानस्थल बन्दपछि विभिन्न विमानहरुले आकासमा फन्को मारिरहेका छन् ।

नेपालगञ्जबाट ६६ जना यात्रु बोकेर काठमाडौँ आएको यतिको एटीआर विमान अवतरणका क्रममा बिहान ११ बजेर ५ मिनेटमा धावनमार्गबाट चिप्लिएको हो ।

विमानमा सवार यात्रुहरुमध्ये दुईजना सामान्य घाइते छन् । उनीहरुको काठमाडौँ मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचार भइरहेको छ । चालकदलका सदस्यसहित अन्य यात्रु सुरक्षित छन् ।

ठूलो क्षति हुनबाट जोगिएको जहाज दुर्घटनाको कारण खुलेको छैन ।

merokhabarsathi

Read Previous

नारायणगढ–मुग्लिन सडक खण्डमा ढुंगा खस्दा एक जना घाइते

Read Next

वर-पिपलको चौतारा मासिदै,स्थानीय चिन्तित

Leave a Reply

Your email address will not be published. Required fields are marked *