अस्ताए वामपन्थी नेता काजीबा, प्रचण्ड द्वारा श्रद्धाञ्जली व्यक्त
रविना पौडेल,चितवन। विस्तारै वर र पिपलको ठूला–ठूला रुख भएका चौताराहरु मासिदै गएका छन्। थोरै हावा चल्दा पनि शितलता दिने चौतारा गाउँको पहिचानसँग जोडिएको पाइन्छ। तर, गाउँमा बाटो विस्तार तीव्र गतिमा हुँदा यस्ता पुराना वर पिपलका रुख तथा चौतारा मासिदै जान थालेपछी स्थानीय चिन्तित हुन थालेका छन्।
भरतपुर महानगरपालिकामा वर र पिपलका चौतारा अनगिन्ती रहेका छन । तर, यस्ता सार्वजनिक ठाउँमा रहेका चौताराको संरक्षणमा खासै चासो दिइएको पाइएको छैन ।
भरतपुर महानगरपालिका वडा नम्बर १६ भित्रका हरेक गाउँको चोक-चोकमा प्राय जस्तो वर पिलका चौतारा रहेको पाइन्थ्यो । तर, यी चौताराको संरक्षण हुन भने सकेन बाटो बिस्तार संगै चौताराहरु मासिदै गएको छ भन्दै भरतपुर-१६ निवासी अनिता पण्डितले बताउनुभयो।‘यी वर पिपल रोप्ने मध्ये धेरै जसो मानिस दिवंगत भैसक्नु भएको छ भने कोहि जिवित हुनुहुन्छ । बाटो वनाउने, विद्युत विस्तार गर्ने क्रममा यस्ता बोट विरुवा नासिन पुगे’ पण्डित भन्नु हुन्छ।
भरतपुर-१६ को बाटो बिस्तार गर्ने क्रममा चौतारा भत्काएपछि स्थानीय समाजसेवी यम बहादुर अधिकारि भन्नुहुन्छ ‘गाउँलाई स्वच्छ बनाउने सुन्दर देखाउने चौतारानै भात्काएपछी गाउँ नै उजाड र नरमाइलो भएको जस्तो लाग्छ। बाटो हिड्ने बटुवालाई थकाइ मार्न सजिलो भएको थियो। गाउँका बुढाबुढीहरुलाई हावा खादै गफ गर्ने थलो भएकोथियो तर, गाउँमा बाटो विस्तार गर्ने क्रममा भत्काइयो।धार्मिक आस्थासँग जोडिएको वर पिपलको प्राकृतिक र वैज्ञानिक दुवै दृष्टिकोणले महत्वपूर्ण रहेकोले वर पिपल चौताराको संरक्षणमा अब सबैले चासो दिनु पर्ने अधिकारीले बताए।