Breaking News :

नारायणगढ–मुग्लिन सडक खण्डमा ढुंगा खस्दा एक जना घाइते

चितवनको नारायणगढ–मुग्लिन सडक खण्डमा ढुंगा खस्दा एक जना घाइते भएका छन् ।

आज (बिहीबार) दिउँसो करिब ३ बजेको समयमा भरतपुर–२९ गाईघाटमा पोखराबाट वीरगञ्ज तर्फ आउँदै गरेको ट्रकमा माथिबाट ढुंगा खस्दा एक जना घाइते भएका हुन् । घाइते हुनेमा ना ६ ख १६३४ नम्बरको ट्रकका सह–चालक भरतपुर–२५ बस्ने वर्ष २२ का सुमन तामाङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएकोछ ।

प्रहरीका अनुसार घाइते तामाङको हातमा चोट लागेको छ । उनको अहिले पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।

merokhabarsathi

Read Previous

नारायणी पुलको ठेक्कामा पेश्की रकम खाएर काम नगरेपछि रमण कन्स्ट्रक्सनलाई कालोसूचीमा राख्न सिफारिस

Read Next

६६ जना यात्रु बोकेको यती एयरलाइन्सको विमान चिप्लियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *