Breaking News :

ट्रकको ठक्करबाट पूर्वी चितवनमा एकक‍ो मृत्यु, एक जना गम्भिर घाईते

आशिष उप्रेती, चितवन, असार २५ -पूर्व पश्चचिम राजमार्ग अन्तरगत पूर्वी चितवनको राप्ती नगरपालिका ६, हर्दीको सशस्त्र प्रहरी ब्यारेक अगाडि बुधबार बेलुुका साढे ८ बजे ट्रकले ठक्कर दिदा एक जनाको घटनास्थलमा नै मृत्यु भएको छ भने एक जना गम्भीर घाईते भएक‍ा छन् । पश्चिमबाट पुर्व तर्फ जाँदै गरेको ना ५ ख ७२९३ नम्बरको ट्रकले ठक्कर दिदा रौतहट जिल्ला चन्द्रनिगाहापुर नगरपालिका ८ बस्ने अन्दाजी ३५/४० बर्षका दुख माझीको मृत्यु भएको हो ।

ट्रकले ठक्कर दिदा अर्का सोही ठाउका अन्दाजी बर्ष ४५ का गोविन्द माझी गम्भिर घाइते भएका छन् । गम्भिर घाइते माझीको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको ट्रकले दुई जनालाई ठक्कर दिएको थियो । मृत्यु भएका र घाईते भएका दुबै जना पूर्वबाट रोपाईको काम गर्न र ज्याला गर्न भनेर केही दिन अगाडि चितवनको भण्डारा अाएका थिए । ठक्कर दिने ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने चालक भने फरार रहेकोले खोजी कार्य भईरहेको इलाका प्रहरी कार्यालय भण्डाराले जनाएको छ ।

merokhabarsathi

Read Previous

रंगशाला निर्माणमा धुर्मुस सुन्तली फर्किए चितवन

Read Next

सगरमाथा टेलरिङ्ग एण्ड सर्टिंङ्ग सुटिङ्ग द्वारा २५ विद्यार्थीलाई स्कुल ड्रेस वितरण

Leave a Reply

Your email address will not be published. Required fields are marked *