Breaking News :

सगरमाथा टेलरिङ्ग एण्ड सर्टिंङ्ग सुटिङ्ग द्वारा २५ विद्यार्थीलाई स्कुल ड्रेस वितरण

रविना पौडेल,चितवन। चितवनको नारायाणगढमा रहेको सगरमाथा टेलरिङ्ग एण्ड सर्टिंङ्ग सुटिङ्गले श्री रामपुर मावि रामपुर चितवनमा अध्यनरत वालवालिकालाई स्कुल ड्रेस वितरण गरेको छ । संस्थाले विपन्न परिवारको २५ जना विद्यार्थीलाई स्कुल ड्रेस वितरण गरेको हो ।

सगरमाथा टेलरिङ्ग एण्ड सर्टिंङ्ग सुटिङ्गका प्रोपाइटर  हरि पुडासैनीका अनुसार आफु र आफ्नो २ भाइहरु पढेको विद्यालयलाई केहि सहयोग गर्ने हिसाबले विद्यालयमा पढ्न आएका तर ड्रेस सिलाएर लगाउन पनि धौ धौ पर्ने खालका विपन्न परिवारका २५ जनालाई स्कुलको ड्रेस वितरण गरिएको हो ।विगत ३ वर्ष देखि स्कुलमा विपन्न परिवारका छात्रछात्रालाई सगरमाथा टेलरिङ्ग एण्ड सर्टिंङ्ग सुटिङ्गले ड्रेस वितरण गर्दै आइरहेको र आगामी दिनहरुमा पनि आवश्यक सहयोग गर्ने पुडासैनीले बताउनुभयो।

श्री रामपुर मावि रामपुर चितवनका प्रधानाध्यापक शिव हरि पण्डितले विध्यलयलाई सहयोग गर्दै आएकोमा धन्यवाद प्रकट गर्दै आगामी दिनमा पनि सहयोगको अपेक्षा गरेको बताउनुभयो।

merokhabarsathi

Read Previous

ट्रकको ठक्करबाट पूर्वी चितवनमा एकक‍ो मृत्यु, एक जना गम्भिर घाईते

Read Next

नारायणी पुलको ठेक्कामा पेश्की रकम खाएर काम नगरेपछि रमण कन्स्ट्रक्सनलाई कालोसूचीमा राख्न सिफारिस

Leave a Reply

Your email address will not be published. Required fields are marked *