Breaking News :

चितवनको सब्जी मण्डीमा भारतीय गाडी तोडफोड

चितवनको भरतपुर महानगरपालिका क्षेत्रपुरमा रहेको सब्जी मण्डीमा आँप ल्याएको भारतिय ट्रकमा तोडफोड भएको छ ।

आज विहान करिब ३ बजेको समयमा तरकारी बोकेर आएको युपी ४१  एटि २६९१  नम्बरको भारतीय  ट्रकमा तोडफोड भएको हो। स्कुटीमा आएको ३ जनाले इट्टाले हानेर गाडी तोडफोड गरि पेट्रोल छर्केर आगो लगाउने प्रयास गरिएको प्रत्यक्षदर्शीहरु बताउछन। मिनिरल वाटरको बोतलमा ल्याएको पेट्रोल छर्केर सलाई बाल्ने क्रममा सलाई नबलेको र सब्जी मण्डीमा अन्य ब्यापारी आएको देखेपछि भागेको उनीहरुले बताए। तोडफोडबाट अगाडीको सिसा लगायतका भागहरु फुटेको छ भने मानविय क्षति भएको छैन ।

भारतीय तरकारी आएको विरोध गरीरहेका समुहले तोडफोड गरेको हुन सक्ने प्रहरीले जनाएको छ ।

merokhabarsathi

Read Previous

तरकारी तथा फलफूलमा विषादी परीक्षण नरोक्न सर्वोच्चको आदेश

Read Next

आज र भोलि बाढीको उच्च सम्भावना रहेकाले पूर्वतयारी र प्रतिकार्यमा जुट्न सरकारको आह्वान

Leave a Reply

Your email address will not be published. Required fields are marked *