Breaking News :

तरकारी तथा फलफूलमा विषादी परीक्षण नरोक्न सर्वोच्चको आदेश

भारतबाट आयात हुने तरकारी तथा फलफलमा विषादी परीक्षण नगर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।

विषादी परीक्षण रोक्ने सरकारको असार १८ गतेका निर्णय खारेजीको माग गर्दै मंगलबार दायर भएका तीन वटा रिटको एकसाथ सुनुवाइ गर्दैै सर्वोच्चले निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको हो ।

मंगलबार अधिवक्ताहरु कञ्चन न्यौपाने, स्वागत नेपाल र विष्णुप्रासद तिमिल्सनाले दायर गरेको छुट्टा छुट्टै तीनवटा रिट निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश आनन्द मोहन भट्टराईको एकल इजालसले अन्तरिम आदेश दिएको हो ।

सर्वोच्चले निर्णय कार्यान्वयन नगर्नुको कारण १५ दिनभित्र पेश गर्न समेत सरकारलाई आदेश दिएको छ। रिटबारे थप छलफल गर्न असार ३० गते दुवै पक्षलाई बोलाइएको सर्वोच्चले जनाएको छ ।

भारतीय दबाबका कारण सरकारले विषादी परीक्षण रोकेको भन्दै चौतर्फी आलोचना भइरहेका बेला सर्वोच्चको आदेशले सरकारमाथि थप दबाब परेको छ । सरकारले सीमा नाकामा परीक्षणका लागि आवश्यक उपकरण नभएको भन्दै निर्णय फिर्ता लिएको थियो ।

सर्वोच्चको आदेशमा भनिएको छ, ‘यस विषयमा दुवै पक्ष राखी छलफल गर्नु आवश्यक देखिँदा यस विषयमा भएका निर्णय, कुनै परीक्षण गरिएको भए सो सम्बन्धि तथ्यांक एवं फलफुल र तरकारीको नेपाल आयाता गर्नुपुर्व परीक्षण गरिएको विषय खुल्ने कुनै कागजात भए सो समेत लिइ छलफलका लागि २०७६/३/३० मा उपस्थित हुने र छलफलबाट टुंगो नलागेसम्म असार १८ गतेको निर्णय कार्यान्वयन नगराउनु नगर्नु भनि अल्पकालीन अन्तरिम आदेश जारी गरिदिएको छ ।’

merokhabarsathi

Read Previous

सामर्थ्य नेपालमा विवाद, अध्यक्ष भुषालले समाज सेवाको नाममा राजनिति गरेको आरोप

Read Next

चितवनको सब्जी मण्डीमा भारतीय गाडी तोडफोड

Leave a Reply

Your email address will not be published. Required fields are marked *