भरतपुरमा पैसा बाँड्दै हिडेको आरोपमा काँग्रेस जिल्ला सभापति सहित माओवादी नेता स्थानीयको नियन्त्रणमा
आरति सापकोटा, चितवन। सामर्थ्य नेपालमा बिबाद चुलीएको छ । आफुलाई सामाजिक अभियान्ता भन्दै बिभिन्न सामाजिक कार्यहरु गर्दै आएका सामर्थ्य नेपालका अध्यक्ष अर्जुन भुषालले मनोमानि गरी संस्था भन्दा पनि ब्यक्ति हाबि हुदै जान थालेपछि बिरोध भएको सामर्थ्य नेपालका अभियान्ताहरुले बताएका छन्।
सामर्थ्य नेपालका उपाध्यक्ष समेत रहेका धुर्व बर्तौला सुदिनले सामाजिक अभियान्ताका नाममा राजनितिक दलको कार्यक्रताको जस्तौ शैलि अध्यक्षले देखाउन थालेपछि आफु त्यहाँ बस्नुको कुनै अर्थ नरहेकाले संस्थाबाट राजिनामा दिएको बताउनु भयो । आफुलाई अध्यक्षको कार्यशैली मन नपरेको राजनितिक आग्रह र पुर्वाग्रह राखि काम गर्ने गरेको संस्था भन्दा पनि ब्याक्ति हाबि भएकोले संस्थामा बस्दा झन आफनो छबिनै बिग्रिने चिन्ताले छाडेको उहाको भनाई छ । बिगत १ वर्ष अगाडी आफुले राजिनामा दिएको बताउदै उहाले पछिल्ला दिनमा संस्थामा आर्थीक अपारदशिर्ताका समेत कुरा आउन थालेकाले आफुले फेसबुक मार्फत पनि आफु संस्थामा नरहेको जानकारी गराई सकेको उहाको भनाई छ । अध्यक्षले संस्थालाई राजनिति गर्ने थलोका रुपमा बिकास गर्दै लगेको र हरेक कुरामा राजनिति हाबि गराएको उहाको भनाई छ ।
सामर्थ्य नेपालका अन्य पदाधिकारीहरुले पनि अध्यक्षले आर्थिक पारदर्शीता कायम राख्न नसकेको बताएका छन् । अध्यक्षले १ लाख ७० हजारको मोवाईल २ लाख बढिको क्यामरा आफुलाई उपहार आएको भनेर त्यसको स्रोत नखुलाएको सामर्थ्य नेपालका अभियान्ताहरु बताउछन् । त्यस्तै सहयोग रकम संस्थाको खातामा नभै ब्याक्तिको खातामा आउने पिडितलाई रकम सहयोग गर्ने बेलामा पनि संस्थाका अन्य पदाधिकारि र सदस्यहरुलाई जानकारी नगराउने र आफु एक्लै आफैले सहयोग गरेजस्तै गरि आफै हाबि हुने गरेको आरोप असन्तुष्ठहरुको छ । संस्था जोडिएपछि हरेक कुरा संस्थागत हुनु पर्ने र सहयोग रकम पनि संस्थाकै खातामा आउनु पर्नेमा अध्यक्षले आफनै ढंकबाट रकम संकलन गर्ने र आफनै ढंगबाट बितरण गर्ने गरेको आरोप वर्तमान पदाधीकारीहरुको छ । त्यस्तै सामर्थ्य फाउण्डेसनको नाममा पनि पैसा संकलन भएको र त्यसको रकम समेत अध्यक्षले दुरुपयोग गरेको पदाधिकारिहरुको भनाई छ ।
अध्यक्ष आफैले हिसाव किताव राख्ने संस्थाका अन्य पदाधीकारीहरुलाई आर्थीक गतिबिधिको बारेमा केहि जानकारी नदिने र संस्थालाई छायामा पारेर ब्यात्ति हाबि हुदै जानथालेपछि अन्य सबै जसो पदाधीकारी र सदस्यहरु असन्तुष्ठ रहेको बताउछन् ।
यता अध्यक्ष अजुर्न भुषालले भने आफुले संस्थागत तवरले काम नगरेको सुईकार गर्नु भयो । आफनो टिमले आफुलाई साथ नदिएपछि आफु एक्लै अभियान्ताका रुपमा अगाढी बढेको बताउनु भयो । अरुले आरोप लगाएको जस्तो आफुले एक रुपैया पनि आर्थीक हिनाबिना भने नगरेको उहाको भनाइ छ । कहिलेकाहि हिसाव तलमाथी हुने गरेपनि सबै हिसावको बिवरण आफुले पेश गर्ने उहाले बताउनु भयो । अर्जुन अगाढी बढ्यो भनेर आफनो बिरोधीहरु गिराउन सक्रिय रहेको बताउदै उहाले आईफोन र क्यामरा किन्र्यो भनेर समेत हल्ला गरिरहेको भन्दै दुख प्रकट गर्नु भयो । आफुलाई मोवाईल र क्यामरा किन्ने पैसा पूर्वी नेपाल राजबिराज तिरको एक साथीले बिदेशबाट पठाईदिएको र त्यो पैसाले नारायणगढमै मोवाईल र क्यामरा किनेको उहाको भनाई छ । त्यस्तै फाउण्डेसनको पैसा पनि आफुले दुरुपयोग नगरेको चितवन महोत्सव र गैडाकोट महोत्सवमा स्टल राख्दा खर्चो भएको र केहि पैसा डस्विनहरु बाड्दा खर्च भएको बताउनु भयो ।
आगामी साउन १ गतेदेखि संस्थालाई नबिकरण गरी अफिसनै सन्चालन गरेर संस्थागतै तवरबाट काम गर्ने तयारीमा आफुहरु रहेको उहा बताउनु हुन्छ ।