रविना पौडेल,चितवन। गण्डकी–नारायणी संरक्षण महाआरती परिषद्ले नारायणीतिरमा गर्दै आएको ३ वटा महाआरतीलाई ५ वटामा बिस्तार गर्ने भएको छ। आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरि यसलाई व्यवस्थित गर्नका लागि यहि असार २७ गते देखि राष्ट्रिय झण्डा र सनातन ध्वजा पुजन सहित दैनिक ५ वटा महाआरती गर्न लागेको हो ।
आध्यात्मिक जागरण, सनातन सभ्यता, संस्कार, संस्कृति, परम्परा तथा नारायणी नदीको पर्यावरणीय स्वच्छता ,संरक्षण तथा धार्मीक पर्यटन विकास गर्ने उदेश्यका साथ गत वैशाख १ गते देखि नारायणी नदि किनारमा परिषद्ले नियमीत साँझ ६ बजे आरती गर्दै आएको छ । हरेक दिन गरिने यस कार्यलाई निरन्तरता दिदै २७ गते ठूलीएकादशिको दिन देखि विधिवत रुपमा राष्ट्रिय झण्डा सहितको आरती सुरु गर्न लागेको हो ।
श्री १००८ स्वामी ज्ञानानन्द सरस्वती जी महाराज को प्रमुख आतिथ्यतामा २७ गते अप्राहान्न ३ वजे देखि ४ः३० वजे सम्म धार्मिक संस्कृतिक कार्यक्रम, ४ः३० वजे देखि ६ः३० वजे सम्म सभा सम्बोधन र साँझ लाखवत्ति प्रज्वलन र ध्वज पुजन गर्ने कार्यक्रम रहेको परिषदका अध्यक्ष प्रेम निधि कंडेलले जानकारी दिनुभएको छ। साथै हरेक एकादशिमा महादिप अर्थात्त् लाखबत्ती बालिने उहाँले बताउनुभयो।