नेपाल बिद्यार्थी सङघका निवर्तमान उपाध्यक्ष सागर परियार लगायतका एक दर्जन कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको छ। सो घटना प्रति ने.बि.संघ चितवन र सुशिल कोईराला सोसियलिष्ट युथ सर्कल चितवनले गम्भिर आपत्ति जनाएको छ।
भारतबाट नेपालमा आयात हुने तरकारी र फलफूलको विषादी परीक्षण गर्ने निर्णयबाट सरकार पछि हटेको भन्दैै नेविसंघले विषाक्त तरकारीसहित सोमबार सिहदरबारबाट निकालेको राके जुलुसबाट प्रहरीले ने.बि.संघका कार्यकर्तालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा नेपाल बिद्यार्थी संघका निवर्तमान उपाध्यक्ष सागर परियार सहित नि. केन्द्रीय सदस्य पुजन गन्धर्व , लक्ष्मण पन्थी,स्ववियु सभापति पंकज सुबेदि,बद्ध सुवेदि,सन्जिब ढकाल कमल तिमल्सिना, तारा बहादुर थापा,शिसिर दवाडी लगाएत रहेका छन ।
पक्राउ परेका आफ्ना साथिहरुलाई तुरुन्त रिहा नगरेमा सरकारले ठुलो मूल्य चुकाउनु पर्ने ने.बि.संघ चितवनका नेता तथा सुशिल कोईराला सोसियलिष्ट युथ सर्कल चितवनका अध्यक्ष अमृत मिश्रले चेतावनी दिएका छन्। पक्राउ परेका साथिहरुलाई तुरुन्त रिहाइ नगरेमा \ चितवनमा पनि आन्दोलनका कार्यक्रम घोषणा गर्ने मिश्रले जानकारी दिएका छन ।