एक बालिकाको मृत्यु भएपछि सर्पदंश उपचार केन्द्रमा गएराती तोडफोड

उपचार गर्न ल्याइएकी एक बालिकाको मृत्यु भएपछि सर्लाहीको नवलपुरमा रहेको सर्पदंश उपचार केन्द्रमा गएराती तोडफोड भएको छ ।

सर्पले डसेपछि उपचारका लागि ल्याइएकी हरिवन नगरपालिका–९ का पुष्कर बुढाथोकीकी अढाई वर्षीया छोरी सम्पदा बुढाथोकीको मृत्यु भएपछि आक्रोसित आफन्तले अस्पतालमा तोडफोड गरेका हुन् ।

तोडफोडबाट उपचार केन्द्रका उपकरणमा क्षति पुगेको छ । बालिकको मृत्युपछि तनावग्रस्त बनेको अस्पताल परिसरमा जनप्रतिनिधि र सुरक्षा अधिकारीले सम्झाइबुझाइ गरी मध्यराती मात्रै मृतकको शव आफन्तलाई बुझाएका थिए ।

नवलपुर सर्पदंश उपचार केन्द्रले भर्खर–भर्खर भेन्टिलेटर र आइसियू सञ्चालनमा ल्याएको छ ।

हाल निजी चिकित्सकको सहयोगमा उपचार केन्द्रले ती दुई उपकरण सञ्चालन गर्दै आएको थियो ।

merokhabarsathi

Read Previous

चितवनमा  नाटक सम्बन्धी २ दिने कार्यशाला गोष्ठी सम्पन्न

Read Next

पक्राउ परेका ने.बि. संघका नेता रिहाई नगरे ठुलो मूल्य चुकाउनु पर्ने चेतावनी

Leave a Reply

Your email address will not be published. Required fields are marked *