रविना पौडेल, चितवन। चितवनका विद्यार्थी संघठनहरु मिलेर विषादीयुक्त फलफुल तथा तरकारीको आयात रोक्न माग गर्दै विभिन्न कार्यक्रम गर्ने भएका छन्। विभिन्न संघठन मिलेर सयुक्त रुपमा विज्ञप्ति जारी गर्दै काण्डै काण्ड गरेको दुई तिहाईको सरकारले आज तरकारी काण्ड गरेको छ । सरकारले ल्याब टेस्ट नगरी भारतीय बजार बाट तरकारी नेपाल भित्र्याउने जुन कार्य गर्यो उक्त कार्य नेपालि जनताको स्वास्थ्य रहने अधिकार माथि खेलवाड भएको बिद्यार्थी संघठनको भनाइ छ। ने.वि संघ, नयाँ शक्ति, अखिल क्रान्तिकारी र समाजवादी वि.फोरम चितवनका विद्यार्थी संघठनले आज संयुक्तरुपमा विज्ञप्ति जारी गर्दै भोलि २४ गते प्रमुख जिल्ला अधिकारी मार्फत् ज्ञापनपत्र बुझाउने, इकाईले संयुक्त विज्ञप्ति जारी गर्ने, २५ गते सांकेतिक विरोध गर्ने, २६ गते चितवनमा भारतीय नम्बरको गाडी निषेध गर्ने जनाएको छ।
चितवनका विद्यार्थी संघठनहरुको विषादीयुक्त फलफुल तथा तरकारीको आयात रोक्न माग, विरोध स्वरूप विभिन्न कार्यक्रम गरिने
