अस्ताए वामपन्थी नेता काजीबा, प्रचण्ड द्वारा श्रद्धाञ्जली व्यक्त
रविना पौडेल, चितवन। चितवनमा नाटक सम्बन्धी २ दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ। नारायणी कला मन्दिरको आयोजनामा हिजो आइतबार बाट सुरुभएको गोष्ठी आज सम्पन्न भएको हो।
कार्यशाला गोष्ठीमा चितवनमा रहेका १५ जना कलाकारहरुलाई विकास जोशीले प्रशिक्षण दिनुभएको थियो। जोशी २०६३ सालदेखि नै नाट्य क्षेत्रमा रहदै आएका छन्। उनले दर्जनौ नाटकमा कलाकारको रुपमा पनि काम गरिसकेका छन् आधा दर्जन भन्दा बढी नाटकहरुको निर्देशन समेत गरेका छन्।
चितवनवासी जोशीले चितवन नाट्य क्षेत्रमा प्रचुर सम्भावना भएको जिल्ला भएको बताउदै चितवनलाई नाट्य गतिविधिमा निरन्तरता दिने सोचले आफु पनि चितवन फर्केको बताए।
चितवनमा नाटकको सम्भावना भएपनि अरु जिल्ला भन्दा चितवन पछी परेको भन्दै चितवनमा नाट्य उत्थानको लागि अब कला मन्दिर अघि सरेको अध्यक्ष अमर प्रधानले बताउनुभयो।