Breaking News :

यस्तो छ तीन दिनसम्मको मौसमी अनुमान

देशभर मनसुन सक्रिय भएकाले आज (सोमबार) देखि तीन दिन अर्थात् पर्सि (बुधबार) सम्म मध्यमदेखि भारीसम्म वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन्।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद्का अनुसार यो तीन दिन बाढीपहिरो पनि जानसक्ने खतरा रहेकाले जोखिम क्षेत्रका बासिन्दाले होसियारी अपनाउनु आवश्यक छ।

मौसम पूर्वानुमान महाशाखाले जारी गरेको तीन दिनसम्मको मौसमी अनुमान यस्तो छः

असार २३ गते (सोमबार)
दिउँसो: देशका अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका धेरै भूभागमा वर्षाको सम्भावना छ। देशको एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
राति: देशका अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका धेरै भूभागमा वर्षाको सम्भावना छ। देशको थोरै स्थानमा भारी वर्षाको सम्भावना छ।

असार २४ गते (मंगलबार)
दिउँसो: देशका अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका धेरै भूभागमा वर्षाको सम्भावना छ। देशको थोरै स्थानमा भारी वर्षाको सम्भावना छ।
रातिस् देशका अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका धेरै भूभागमा वर्षाको सम्भावना छ। देशको थोरै स्थानमा भारी वर्षाको सम्भावना छ।

असार २५ गते (बुधबार)
दिउँसो: देशका अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका अधिकांश भूभागमा वर्षाको सम्भावना छ। देशको थोरै स्थानमा भारी वर्षाको सम्भावना छ।
राति: देशका अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका अधिकांश भूभागमा वर्षाको सम्भावना छ। देशको थोरै स्थानहमा भारी वर्षाको सम्भावना छ।

merokhabarsathi

Read Previous

यी नदीमा आज बाढी आउने सम्भावना,सजग रहन आग्रह

Read Next

राष्ट्रिय सभामा बिनियोजन बिधेयक बहुमतले पारित

Leave a Reply

Your email address will not be published. Required fields are marked *