Breaking News :

 कतारको दोहाबाट आएका दुई यात्रुले ल्याएका डाइपरमा सुन फेला

कतारको दोहाबाट आएका दुई यात्रुले ल्याएका डाइपरमा सुन भेटिएको छ।

त्रिभुवन विमानस्थलको चेकजाँच कक्षमा कतारबाट हिमालयन एयरलाइन्सबाट आएका  मोरङका लीलाबहादुर बस्नेतले र नवलपरासीका बीरबहादुर थारूले ल्याएका बच्चाको डाइपरमा सुन भेटिएको हो।

विमानस्थल प्रहरी र काठमाडौं परिसरको संयुक्त टोलीले आइतबार चेकजाँचका क्रममा डाइपरमा सुन फेला पारेको प्रहरी जनाएको छ। परिसरकाे विशेष सूचनापछि कारबाही थालिएकाे हाे।

यस्तै नेपाल वायु सेवा निगमकाे दाेहा उडानमा आएका नवलपरासीका बीरबहादुर थारूले पनि बस्नेतले जस्तै डाइपरमै सुन लुकाएर ल्याएका थिए। प्रहरीले दुबै भरिया भएकाे र सुन तस्कर समुहले प्रयाेग गरेकाे जनाएकाे छ।

प्रहरीका अनुसार तीन वर्ष कतारमा बसेर फर्केका बस्नेतले ल्याएका डाइपरमा सुन भेटिएको हो।

merokhabarsathi

Read Previous

SEE opportunity date was passed (including table)

Read Next

समाजका सीमान्तकृत समुदायप्रति हुने गैरमानवीय व्यवहारका घटना सुन्दा पीडाबोध हुन्छः गृहमन्त्री

Leave a Reply

Your email address will not be published. Required fields are marked *