अस्ताए वामपन्थी नेता काजीबा, प्रचण्ड द्वारा श्रद्धाञ्जली व्यक्त
प्रदेश ३ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामाको धर्मपत्नी कान्छिमाया लामाको पार्थिव शरिरको बौद्ध परम्पराअनुसार अन्त्येष्टि गरिएको छ।
कलेजोको क्यान्सरपीडित लामाको हेटौँडामा निधन भएको पारिवारिक स्रोतले जनाएको छ। कान्छिमायाको शव चितवनस्थित निजी निवास राप्ती नगरपालिका ४ भवनीपुरमा लगी केहीसमय अन्तिम श्रद्धाञ्जलिका लागी राखिएको थियो।
लामाको आज दिउँसो १:३० बजे भरवनीपुरकै चिहान डाँडामा बौद्ध परम्पराअनुसार अन्त्येष्टि गरिएको छ। त्यसअघि प्रदेशका मन्त्री तथा विभिन्न राजनीतिक दलका नेता तथा कार्याकर्ताले लामाको पार्थिव शरीरमा श्रद्धाञ्जलि दिएका थिए।