Breaking News :

काङ्ग्रेस मिशन र भिजनका साथ अघि बढ्छ: नेता पौडेल

नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काङ्ग्रेस अब मिशन र भिजनका साथ अघि बढ्नुपर्ने बताएका छन् ।

नेपाल विद्यार्थी सङ्घ वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुरले आज आयोजना गरेको एक दिने प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उनले अहिले राजनीतिप्रति जनतामा वितृष्णा बढ्दै गएको विचार व्यक्त गरे ।

राजनीतिमा मिशन र भिजन नहुँदा सम्मानित क्षेत्रका रुपमा विकास हुन नसकेको उनको भनाइ थियो । उनले भने, “राजनीतिमा मिशन नहुँदा जनतामा वितृष्णा बढेर गयो । यस कारण राजनीतिले ठीक दिशा लिन सकेको छैन ।”

उनले ७० वर्षको सङ्घर्षपछि आएको परिवर्तन संस्थागत हुन नपाउँदै रजनीतिमा फेरि अन्योलता छाएको छ भने ।

फरक प्रसङ्गमा उनले नेपाल विद्यार्थी सङ्घ गुटमा लाग्न नहुने सुझाव दिए ।

नेविसङ्घ स्वचालित हुन आवश्यक रहेको बताउँदै उनले भने, “नेताबाट सञ्चालित होइन देश र जनताका लागि आफैँ सञ्चालित हुन आवश्यक छ ।”

नेपाल विद्यार्थी सङ्घ वीरेन्द्र बहुमुखी क्याम्पसका एकाइ अध्यक्ष अनमोल अधिकारीको अध्यक्षतामा सम्पन्न प्रशिक्षणमा काङ्ग्रेसका केन्द्रीय सदस्य बद्रि पाण्डेले प्रशिक्षण दिएका थिए ।

merokhabarsathi

Read Previous

प्रदेश ३ का भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्री लामालाई पत्नी शोक

Read Next

भोलिको नेपाल बन्द हल्ला मात्रै

Leave a Reply

Your email address will not be published. Required fields are marked *