चितवनमा ६ महिनामा २४ वटा बलात्कारका घटना सहित ५३ मानवअधिकार उल्लंघनका घटना

चितवनमा छ महिनाको अवधिमा २४ वटा बलात्कारका घटनासहित ५३ वटा मानवअधिकार उल्लंघनका घटना भएकाछन् ।

अघिल्लो वर्षको तुलनामा यस वर्ष मा ८ घटना बढी घटेको छ। अघिल्लो वर्ष ६ महिनामा ४५ घटना भएका थिए । भने यस ६ महिनामा ५३ घटना घटेका छन्।

यस वर्षको ६ महिनामा जिल्लामा सवैभन्दा धेरै जवरजस्ती करणीका घटनाहरु भएको मानव अधिकार उलंघनका घटनाहरु अर्धवार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ । प्रतिवेदन अनुसार ३४ वटा घटना जवरजस्ती करणीका घटना भएका छन् । जसमा १० वर्षीय वालिका देखि ७३ वर्षीय महिला सम्म रहेका छन् ।

जवरजस्ती करणीमा पर्नेमा वालीका वढि रहेका छन् । १७ जना वालिकाकालाई जवरजस्ती करणी भएको छ भने ४ जनामा यौन दुव्यवहार भएको छ । यस्तै ७ जना महिला माथि करणी भएको छ भने २ जना माथि करणीको प्रयास भएको ईन्सेकको अर्धवार्षिक प्रतिवेदनमा उल्लेख छ । हाडनाता करणीका ४ वटा घटना भएको छ ।

जिल्लामा भएका अन्य मानवअधिकार उलंघनका घटनामा जातीय विभेद ३ वटा घरेलु हिंसाका ६, वालिका वेचविखनमा १ महिला वेचविखनमा १ र वहुविवाह मा ८ वटा निवेदन दर्ता भएको सो अवसरमा जानकारी दिईएको थियो । प्रतिवेदन सार्वजनिक गर्दै दीपेन्द्र  अधिकारीले समाजमा हुने गरेका घटनाहरु बढ्नुमा प्रहरी प्रशासनको ध्यान नपुग्नु मुख्य कारण रहेको बताउनुभएको छ।

कार्यक्रममा प्रमुख अतिथि रहनु भएको प्रतिनिधि सभाको कानुन, न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोख्रेलले कानुनको पूर्णरुपमा कार्यान्वयन नहुदा यस्तो समस्या देखिएको बताउदै अबको दिनमा वनेका कानुन कार्यान्वयनमा आए आएनन् भनेर सवैले महत्व दिएमा यस्ता घटनाहरु कम हुदै जाने विश्वास व्यक्त्त गर्नुभयो  ।

कार्यक्रममा अधिवक्ताहरु कल्पना उप्रेति, मुकुन्द दाहाल, नेपाल पत्रकार महासंघ चितवका अध्यक्ष राधेश्याम खतिवडा, जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरिक्षक एकनारायण कोईराला, विजय विश्वकर्मा लगाएतले आफ्नो भनाइ राख्नु  भएकोथियो ।

merokhabarsathi

Read Previous

धनुषामा पनि सिरिञ्ज आतंक, ‘हिरो बन्ता है’ भन्दै घोचेर फरार

Read Next

कस्तो छ महाशाखाले जारी गरेको तीन दिनसम्मको मौसम?

Leave a Reply

Your email address will not be published. Required fields are marked *