Breaking News :

नारायणी नदी किनारमा जारी महाआरती परिसरमा निर्माण गरिएको बेन्च तोडफोड

नारायणगढको नारायणी नदी किनारमा जारी महाआरती परिसरमा निर्माण गरिएको सिमेन्टको बेन्चमा तोडफोड भएको छ । आरतीमा हेर्न आउने भक्तजनहरुलाई बस्नका लागि निर्माण गरिएको  बेन्ची तोडफोड भएको हो

आरती परिसरमा रहेका २२ वटा बेन्च नै तोडफोड गरिएको परिषदका अध्यक्ष प्रेमनिधी भारद्ववाजले बताएका छन् । उनका अनुसार तोडफोडबाट २ वटा बेन्चमा पूर्ण रुपमा क्षेती भएको र अन्य २० वटा बेन्चमा पनि सामान्य क्षेती पुगेको छ । हिजो बुधबार राती १० बजे आरती सकेर घर फर्किदा सम्म राम्रै रहेको बेन्च बिहान हेर्दा भत्काईएको अवस्थामा देखिएको उनले बताए ।

‘अहिले सम्म सबैले साथ र सहयोग गर्दै आएका छन् सबैले यसको मुक्तकण्ठले प्रशंसा गरिरहेका बेला यस्तो अवस्थामा तोडफोड हुनु दु:खद बिषय हो ।’भन्दै  उनले यसमा कुनै व्यक्ति विशेष नभई समुहकै संलग्नता रहेको आरोप लगाएका छन्।

merokhabarsathi

Read Previous

नक्कली लाइसेन्स बनाउने ४ जना पक्राउ

Read Next

निर्मला पन्तको हत्यारा पत्ता किन लागेन?,त्यसमा एउटा कारण छ:-सत्तारुढ दलकै सांसद

Leave a Reply

Your email address will not be published. Required fields are marked *