नक्कली सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बनाउने कार्यमा संलग्न रहेको आरोपमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी अपराध महाशाखाकाको टोलीले रामेछापका मुनाल कुमार मोक्तान, सिन्धुपाल्चोकका राजेश कुमार श्रेष्ठ, काठमाडौंका राधेश्याम नगरकोटी र रुपेश दर्जीलाई पक्राउ गरेको हो ।
उनीहरुको साथबाट यातायत ब्यबस्था बिभागको नगदी रसिद ६० थान , कम्प्युटर १ सेट ,प्रिन्टर थान १, अंग्रेजी मिति लेखिएको रबर स्टयाम्प, बिभिन्न ब्यक्तिहरुको नागरिकताको प्रतिलिपीलगायतका नक्क्ली लाइसेन्स बनाउन प्रयोग हुने सामग्री बरामद गरिएको प्रहरीले जनाएको छ।