चलचित्र ‘प्रेमगीत ३’ को मुख्य अभिनेत्रीमा क्रिस्टिना गुरुङलाई छानिएको छ । अमेरीकाबाट अडिसनमा सहभागी हुनकै लागि नेपाल आएकी क्रिष्टिना २७ सय १४ जना मध्येमा छानिएकी हुन्।
आशुसेन फिल्म्सका निर्देशकद्वय छेतेन गुरुङ र सन्तोष सेनले क्रिस्टिनाको नाम सार्वजनिक गरेका हुन्। उनी ‘गीत’ पात्रको रुपमा चलचित्रमा देखिनेछिन्। चलचित्रमा शिव श्रेष्ठ, सुनील थापा, मनिष राउत, अनुभव रेग्मी र अब क्रिष्टिना गुरुङ लगायत रहनेछन्।
चलचित्रको मुख्य अभिनेता र अन्य दुई बालकलाकार सहित निर्माण टिमले चाँडै चलचित्रको घोषणा गर्नेछ ।