Breaking News :

अन्तत चौतर्फी विरोधपछि रोकियो आइफा अवार्ड

सरकारको आयोजनामा काठमाडौँमा हुने भनिएको इन्टरनेसनल इन्डिया फिल्म अवार्ड (आइफा) कार्यक्रम चौतर्फी विरोधपछि स्थगन भएको छ।

आइफा अवार्डसम्बन्धी सबै तारतम्यको जिम्मा पाएको नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशीले यसले पुष्टि गरेका हुन्। संसदीय समितिको निर्देशन र जनस्तरबाट भएको विरोधका कारण यो वर्ष आइफा अवार्ड कार्यक्रम नगर्ने निर्णयमा सरकार पुगेको कार्यकारी प्रमुख जोशीले जानकारी दिए।

संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले मंगलबार उक्त कार्यक्रम आयोजना नगर्न सरकारका नाममा निर्देशन दिएको थियो।

एक साताअघि मन्त्रिपरिषदको निर्णयसम्बन्धी जानकारी दिइने नियमित पत्रकार सम्मेलनमार्फत बिहीबार सूचना तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले आइफा अवार्ड काठमाडौँ गरिने बताएका थिए।

अवार्ड अगष्ट अन्तिम साता आयोजना हुने भनिएको थियो। यसका लागि सरकारले संस्कृति पर्यटन तथा नागरिक उड्डयनका राज्यमन्त्री धनबहादुर बुढाको संयोजकत्वमा उच्चस्तरीय समिति बनाएको थियो।

कार्यक्रममा नेपाल सरकारको करिब १ अर्ब रुपैयाँ खर्च हुने बताइएको थियो।

merokhabarsathi

Read Previous

Exciting internal tourists Narayani, from Motorbot to DSLR service

Read Next

नारायणगढ–मुग्लिन सडकखण्डका सात ठाउँ पहिरोको जोखिममा

Leave a Reply

Your email address will not be published. Required fields are marked *