Breaking News :

खेलकुद विकास विधेयकका बारेमा विज्ञहरुसँग परामर्श

राष्ट्रियसभाअन्तर्गत्को विधानयन व्यवस्थापन समितिले बुधबार राष्ट्रिय खेलकुद विकास विधेयककाबारेमा विज्ञहरुसँग परामर्श गरेको छ ।

बैठकमा सांसदहरुले विधेयककाबारेमा आ–आफ्नो जिज्ञासा राखेपछि विज्ञहरुले खेलकुद क्षेत्रकाबारेमा सुझाव प्रस्तुत् गरेका थिए ।

त्रिभुवन विश्वविद्यायलका खेलकुद विभाग निर्देशक गंगाबहादुर थापामगरले खेलकुद क्षेत्रलाई अन्तर्राष्ट्रिय कानुनमैत्री बनाउनुपर्नेमा जोड दिए ।

खेलकुदमा अनुशासन महत्वपूर्ण हुने भएकाले नियम–कानुनलाई प्राथमिकतामा राख्न उनले सुझाव दिए ।

उनले ओलम्पिक कमिटी सधैं विवादमा पर्ने गरेको भन्दै राजनीतिक हस्तक्षेप हुन नहुने बताए ।

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले ओलम्पिक कमिटीकाबारेमा ऐनले स्पस्ट निर्देशन गर्न नसकेको भन्दै कानुनी प्रावधानलाई प्राथमिकतामा राख्न सुझाव दिए ।

समितिका सभापति परशुराम मेघी गुरुङले राष्ट्रिय हितलाई स्वार्थमा राखेर समितिले काम गर्ने बताए ।

merokhabarsathi

Read Previous

बजेट आएपछि समयमै बोलपत्र गराउन राष्ट्रियसभा सांसदहरुको माग

Read Next

Appeal to the Dhurmus Suntali Foundation for Affiliate to Increase International Cricket Stadium

Leave a Reply

Your email address will not be published. Required fields are marked *