संसदको अन्तराष्ट्रिय समन्वय समितिले आइफा अवार्ड रोक्न सरकारलाई निर्देशन दिएको छ। मंगलबार बसेको समन्वय समितिको बैठकले आवार्ड समारोह रोक्न निर्देशन दिएको हो।
नेपालमा आइफा अवार्ड गर्दा नेपालले सबै खर्च व्यहोर्नुपर्ने भएपछि कार्यक्रमको चौतर्फि बिरोध भएको थियो । यो कार्यक्रमका लागि भिजिट नेपाल २०२० बाट मात्रै १० करोड बजेट छुट्याइएको थियो।
यो लगायत नेपाल होट एशोसियसन्स, नेपाल पर्यटन बोर्ड, काठमाडौँ महानगरपालिका लगायत अरु संस्थाले कार्यक्रमको लागि खर्च लगानी गर्ने भएका थिए। ६ सय पाहुना सहित ३ दिनको भव्य समारोहबिच हुने कार्यक्रममा नेपाल सरकारले एक अर्ब खर्च गर्नुपर्ने खबर बाहिर आएपछि कार्यक्रमको बिरोध भएको हो।
नेपाल भ्रमण वर्ष २०२० को बजेट धेरै परेकोले अन्तराष्ट्रिय समंवय समितिले आइफा अवार्ड रोक्न सरकारलाई निर्देशन दिइएको अन्तराष्ट्रिय समंवय समितिका सदस्य दिब्यराज भण्डारीले बताए।