आईफा अवार्ड नेपालको हितको लागि:- मन्त्रि बाँस्कोटा

सरकारका प्रवक्ता एवंम सञ्‍चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले आइफा अवार्डका लागि बजेट दिने सोचाइमा सरकार नरहेको स्पष्ट पारेका छन्। मन्त्री बास्कोटाले आईफा अवार्ड नेपालको हितमा हुने भएकाले त्यसलाई सम्पन्न गरेरै छाडने दृढता पनि व्यक्त गरे।

मंगलबार संघीय संसदको विकास तथा प्रविधि समितिको बैठकमा सांसदहरुले सो अवार्डबारे प्रश्न उठाएपछि उनले आईफा अवार्डका लागि बजेट दिने सोचाईमा सरकार नरहेको प्रष्टयाएका हुन।

मन्त्री बाँस्कोटाले आईफा अवार्डको प्रसङ्ग उल्लेख गर्दै सरकारले कुनै पनि क्षेत्रमा घाटाको व्यापार नगर्ने स्पष्ट पारे। उनले ‘नेपाल भ्रमण वर्ष–२०२०’ लाई सफल बनाउन पनि सरकारले सो अवार्ड आयोजना गर्न स्विकृति दिएको पनि बताए।

बैठकमा बोल्दै समितिका सदस्यहरुले नेपाली चलचित्र क्षेत्रका लागि केही पनि योगदान दिन नसकेको सरकारले बलिउडका कलाकारहरुको अवार्डका लागि एक अर्व बजेट दिने समाचार बाहिर आएको उल्लेख गर्दै आपत्ति जनाएका थिए।

समितिका सदस्य रामबहादुर विष्टले राष्ट्रिय कलाकारहरुको हितमा केही पनि काम गर्न नसकेको सरकारले सो अवार्डका लागि अर्बौको बजेट दिन लागेको भन्दै आपत्ति जनाए।

समितिका सदस्यहरुले निजी क्षेत्रले विभिन्न देशमा सञ्‍चालन गर्दै आएको सो अवार्डको आयोजनामा नेपाल सरकारले नै लगानी गर्न किन पुर्‍यो? भनि प्रश्न पनि गरेका थिए।

merokhabarsathi

Read Previous

गिरिजाप्रसाद कोइरालाको जन्मजयन्तीमा चितवनमा लाखबत्ती

Read Next

रुपन्देहीमा दिउँसै गोली हानेर लुटपाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *