Breaking News :

गिरिजाप्रसाद कोइरालाको जन्मजयन्तीमा चितवनमा लाखबत्ती

नेपाली काँग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको जन्मजयन्तीमा लाखबत्ती बालिने भएको छ । कोइरालाको ९६औँ जन्मजयन्तीका अवसरमा चितवनको नारायणी किनारमा लाखबत्ती बालिने भएको हो।

काँग्रेस चितवनले नारायणी नदी किनारमा लाखबत्ती बाल्नका लागि जिल्ला सदस्य झलक गुरुङको संयोजकत्वमा तयारी शुरु गरिएको हो ।दुई सय पालामा एक लाखभन्दा बढी बत्ती बाल्ने तयारी गरिएको संयोजक गुरुङले बताए ।

यससँगै नारायणी किनारमा हुने  गण्डकी नारायणी संरक्षण महाआरतीको बुधबारको खण्ड  कोइरालाको नाममा समर्पित गरिने र यसका लागि लाग्ने सम्पूर्ण खर्च काँग्रेस चितवनले बेहोर्न लागेको महाआरतीका सल्लाहाकार टङ्कनाथ पौडेलले जानकारी दिए ।

लाखबत्ती र दीप प्रज्वलनमा  काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री डा मीनेन्द्र रिजालको समेत उपस्थिति हुने जनाइएको छ ।

पार्टीका जिल्ला सभापति जीतनारायण श्रेष्ठले आफ्ना स्व नेताको सम्झनामा लाखबत्ती बालेर पहिलो पटक जन्मदिन मनाउन लागिएको जानकारी दिए ।

merokhabarsathi

Read Previous

राष्ट्रियसभामा तीन विधेयकलाई टेबुल

Read Next

आईफा अवार्ड नेपालको हितको लागि:- मन्त्रि बाँस्कोटा

Leave a Reply

Your email address will not be published. Required fields are marked *