Breaking News :

सर्लाहीमा प्रहरीले प्रदर्शनकारी माथि गोली चलाउँदा एकको मृत्यु

सर्लाहीमा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ।

सर्लाही र महोत्तरीको सीमानामा पर्ने  पूर्वपश्चिम राजमार्गको बाँकेमा प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको हो।

प्रहरीको गोली लागेर २७ वर्षीय सरोज केवल महतोको मृत्यु भएको हो।

शनिबार साँझ ईश्वरपुर नगरपालिकामा एक बच्चाको खोलामा डुबेर मृत्यु भएको विषयलाई लिएर भएको प्रदर्शनमा प्रहरीले गोली चलाएको हो।

ईश्वरपुर नगरपालिका १३ बस्ने लाले राय यादवका १२ वर्षे छोरा अमितको बाँके खोलाको खाल्डोमा डुबेर मृत्यु भएको थियो। त्यस क्षेत्रमा भएको अवैध उत्खननका कारण बालक डुब्न पुगेको भनि स्थानीयले पूर्वपश्चिम राजमार्ग नै अवरुद्ध गरेर प्रदर्शनमा उत्रिएका थिए।

merokhabarsathi

Read Previous

गरिबी र बेरोजगारी अन्त्य गर्न कांग्रेस पनि मिल्नुपर्छ:- प्रधानमन्त्री

Read Next

संखुवासभामा प्रहरी र विप्लव नेतृत्वको कार्यकर्ताबीच फायरिङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *