Breaking News :

बेनिघाटमा बससँग माइक्रो ठोक्किँदा दुईको मृत्यु २५ जना घाइते

धादिङको बेनिघाटमा बससँग दुई माइक्रो बस ठोक्किँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने २५ जनाभन्दा बढी घाइते भएका छन्।

आइतबार दिउँसो बेनिघाटमा काठमाडाैँबाट चितवन तर्फ आउँदै गरेको लु १ख ९०७९ नं को बस र चितवन बाट काठमाडाैँ जाँदै गरेको क्रमस बा ३ ख १००४ नं.को माईक्रो र बा २ख ४५६७ नं को माईक्रो एक आपसमा ठक्कर खाएका हुन्।

मृत्यु हुनेमा परिचय नखुलेकी अन्दाजी २१÷२२ वर्षकी एक महिला र घादिङ महादेवस्थान ८ बस्ने वर्ष २७ का श्यामकुमार श्रेष्ठ रहेका छन्। महिलाको घटनास्थलमै र श्रेष्ठको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। त्यस्तै दुर्घटनामा २५ भन्दा बढी घाइते भएको र उनीहरुको धादिङका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते हुनेहरुमा रमेश घिमिरे (चितवन), शारदा पौडेल (भैरहवा), गंगा क्षेत्री, शान्ति क्षेत्री (चितवन) सुशील कँडेल (धादिङ), श्याम राना (स्याङजा), विणा श्रेष्ठ (पोखरा), अमित महतो, सहदेव परियार (नवलपरासी), मिस्ना भुजेल (गोराख) रहेको छन्।

त्यस्तै घाइते हुने अन्यमा बिना घिमिरे (पाल्पा) यादवप्रसाद पाठक, सनम पुन र अंगिरा यादव (नवलपरासी), रेखा नेपाली, विस्यान्यास नेपाली (पोखरा) नरदेवी बुढाथोकी (म्याग्दी), मिलन सुवेदी (कास्की, सुमन सुनुवार (तनहुँ), सिराज बराल (कैलाली), सुमन आले (तनहुँ) राजकुमार नेपाली (कास्की) पप्पु साह (सर्लाही) प्रग्यात बर्तौला (चितवन) लगायत रहेका छन्।

प्रहरीका अनुसार माइक्रो बसले बसलाई आभरटेक गर्न खोज्दा विपरीत दिशाबाट आएको माइक्रोसँग ठोक्किन पुगेको हो।

merokhabarsathi

Read Previous

Ropai Festival in Chitwan (Photo Feature)

Read Next

पूर्वप्रधानमन्त्री भट्टराईले गोरु जोते

Leave a Reply

Your email address will not be published. Required fields are marked *