नेप इण्डियाको कमाई सामाजिक भलाइ कोषमा

भरतपुर १५ असार । नेप इण्डियाको कमाई सामाजिक भलाइ कोषमा खर्च हुने भएको छ । सबै कम्पनीहरुले आफ्नो आफ्नो उत्पादन मात्रैको जानकारी दिने गरे पनि नेप इण्डियाले भने फाइदाको केही रकम सामाजिक सेवामा लगाउने भएको हो ।
सामाजिक सेवाको पहिलो चरणमा इलेक्टिसियन सुरक्षा कोषको समेत घोषणा गरेको छ । शनिवार एक कार्यक्रमका बीच तत्काल दुई लाखको रकम कोषमा जम्मा हुने गरि कोषको स्थापना गरिएको हो । नेप इण्डिया कम्पनीका प्रमुख चन्द्रकान्त शर्मा जैसीका अनुसार भरतपुरमा घर घरको सुरक्षा नारा सहित आफ्ना उत्पादनहरु सार्वजनिक गरेको हो । उनले कम्पनीले नाफामुलक मात्र नभई सामाजिक उत्तरदायित्वलाइ समेत आत्मसाथ गर्ने बताए । कार्यक्रममा चितवन तथा नवलपुरका इलेक्टिसियन र विद्युत व्हयावसायिहरुको उपस्थितिमा कम्पनीले आफ्ना उत्पादन मोडुलर स्विच,सिलिग फेन, एम सि बि, लगाएत विभिन्न घरायसी सामानहरु प्रदर्शन गरेको थियो ।
कार्यक्रममा ६४  का वर्ष का इलेक्टिसियन मनोहरी अधिकारी लाई कम्पनीको तर्फबाट सम्मान गरिएको थियो । नेप ईन्डिया का हरेक सामानहरु मा ५ वर्ष  देखि २५ वर्ष सम्म ग्यारेन्टी रहेको कम्पनीले जनाएको छ ।

merokhabarsathi

Read Previous

नेपालमा भारतीय फिल्म प्रवद्र्धन गर्न सरकारको १ अर्ब

Read Next

चितवनमा रोपाई महोत्सव (फोटो फिचर)

Leave a Reply

Your email address will not be published. Required fields are marked *