Breaking News :

आज धान दिवस अर्थात् दही च्यूरा खाने दिन

देशभर धान रोपेर आज धान दिवस मनाइँदैछ । आजका दिन असारे भाका गाउँदै देशभर धान रोप्ने चलन छ ।

यद्यपि, पछिल्लो समय भने असारे भाका गाउने चलन हराउँदै गएको छ । केही वर्षपहिले रोपाइँमा गुञ्जने असारे भाका अहिले हराएको हो।

मुठी खाएर मुरी उब्जाउने महिनाको मध्य अर्थात असार १५ गतेका दिन धान दिवस  मनाइन्छ। कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेशा खेतीपाती हो ।  नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)को सिफारिसमा २०६१ मंसिर २९ गतेको मन्त्रिस्तरीय बैठकले असार १५ गतेलाई धान दिवसका रूपमा मनाउने निर्णय गरेको थियो ।

त्यसयता हरेक वर्ष सरकारी तवरबाटै यो दिवस मनाइँदै आइएको छ । कृषिको परनिर्भरता कम गर्न र किसानलाई हौसला पुर्याउन धान दिवस मनाउन थालिएको हो ।

आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ । मध्यगर्मीको यो समयमा कामको चटारोले थकित भएका किसान शक्तिप्राप्तिका लागि दही च्यूरा खान्छन् । यसबेला दही च्यूराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार १५ लाई नेपाली समाजमा दही च्यूरा खाने पर्वका रुपमा पनि लिइन्छ । खेतीपातीबाहेक अन्य पेशा र व्यवसायमा लागेका नेपालीले पनि आज दही च्यूरा खाई असार १५ मनाउँछन् ।

 

 

merokhabarsathi

Read Previous

प्रथम मिस्टर एण्ड मिस मुवा थाईको छनौट चितवनमा

Read Next

आज देशैभर मौसम बदली, पानी पर्ने सम्भावना

Leave a Reply

Your email address will not be published. Required fields are marked *