प्रथम मिस्टर एण्ड मिस मुवा थाईको छनौट चितवनमा

प्रथम मिस्टर एण्ड मिस मुवा थाई प्रतियोगिता अन्तर्गत पहिलो चरणमा खेलाडी छनौट तथा उनीहरुको फोटो सेसन गरिएको छ ।

नेपाल राष्ट्रिय मुवा थाई संघको आयोजना तथा चितवन मुवा थाई संघको समन्वयमा सुरु भएको मिस्टर एण्ड मिस मुवा थाईमा देशभरीका उत्कृष्ट खेलाडीहरु सहभागी छन् । प्रतियोगितामा पुरुष तर्फ ५०, ५५, ६०, ६५ र ७० किलो तौल समूहमा खेलाडीहरु सहभागी छन् भने महिला तर्फ ५१ र ५६ किलो तौल समूहमा सहभागी छन् । प्रतियोगिताको दोस्रो चरणमा खेलाडीहरुबीचमा फाइट गराइने नेपाल राष्ट्रिय मुवा थाई संघका अध्यक्ष गणेशलाल कक्षपतीले जानकारी दिनुभयो ।

प्रत्येक तौल समूहबाट उत्कृष्ट दुई जना छनौटगरि काठमाडौंमा फाइनल प्रतिस्पर्धा गराइने कक्षपतीले बताउनुभयो । प्रत्येक तौल समूहबाट विजेता खेलाडीहरुमध्ये भोटिङबाट मिस्टर मुवा थाई र मिस मुवा थाई छनौट गरिने कक्षपतीले बताउनुभयो । खेलको माध्यमबाट व्यक्तित्व विकास, खेलाडीको नेतृत्व विकास, खेलाडीबीच मित्रता बढाउने तथा खेलको लोकप्रियता बढाउनका लागि प्रतियोगिताको आयोजना गरिएको चितवन मुवा थाई संघका अध्यक्ष उत्तम गुरुङले बताउनुभयो ।

सो प्रतियोगितामा पाँच जना महिला तथा २२ जना पुरुष मुवा थाई खेलाडीहरु सहभागी छन् ।

merokhabarsathi

Read Previous

पर्खाल भत्किदाँ भारतमा १५ जनाको मृत्यु

Read Next

आज धान दिवस अर्थात् दही च्यूरा खाने दिन

Leave a Reply

Your email address will not be published. Required fields are marked *