अस्ताए वामपन्थी नेता काजीबा, प्रचण्ड द्वारा श्रद्धाञ्जली व्यक्त
चितवनमा चोरीको मोटरसाईकल कारोबारमा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
भरतपुर महानगरपालिका–२० शारदानगरस्थित रोहित मोटरसाइकल वर्कशपमा नेपाल र भारतबाट चोरीका मोटरसाइकल ल्याई पाटपूर्जा विक्री वितरण हुने गरेको भन्ने सूचनाको आधारमा प्रहरीले खनतलासी गर्दा पाटपूर्जाहरु बरामद गरेको प्रहरीले जनाएको छ । सो कार्यक्रममा संलग्न तीन जनालाई समेत प्रहरीले पक्राउ गरेको जानकारी दिएको छ ।
पक्राउ पर्नेमा भरतपुर २१ बस्ने २१ वर्षीय रोहित श्रेष्ठ, बाराको कलैया नगरपालिका–८ बस्ने १९ वर्षीय कृष्ण शाह, कलैया–३ बस्ने १८ वर्षीय महाविर चौधरी र भारतीय नागरिक १४ वर्षीय राजा कुमार रहेको छ ।