अस्ताए वामपन्थी नेता काजीबा, प्रचण्ड द्वारा श्रद्धाञ्जली व्यक्त
तत्कालिन भरतपुर नगरपालिकाका संस्थापक मेयर मुक्तिलाल चुकेको आज निधन भएको छ । उहाँको नारायणगढस्थित आफ्नै निवासमा विहान ११ः५५ बजे निधन भएको हो ।
२०६२ सालमा मर्निङ वाकको समयमा मोटरसाइकलले ठक्कर दिएपछि उहाँ अस्वस्थ्थ बन्नुभएको थियो । त्यसयता उहाँको अधिकांस समय घरमा नै वित्ने गरेको थियो ।
चुके २०३५ सालमा तत्कालीन भरतपुर नगरपञ्चायतको मेयर बन्नुभएको थियो । बहुदलीय प्रजातान्त्रिक व्यवस्थाको पुनस्र्थापनापछि पनि उहाँ भरतपुर नगरपालिकाको मेयर बन्नुभएको थियो । प्रजातन्त्रका सेनानी चुके राष्ट्रिय पञ्चायतका जनपक्षिय साँसदसमेत हुनुभएको थियो ।