बिहीबार भएको एसईई परीक्षा उत्तीर्ण गरेकोमा नेकपाकी सचेतक शान्ता चौधरी र कलाकार करिष्मा मानन्धरलाई प्रतिनिधिसभाको बैठकबाटै सांसदले बधाइ दिएका छन् ।
नेकपाका सांसद विशाल भट्टराई र सूर्यप्रसाद पाठकले संसदको शून्य समयमा एसईई परीक्षा पास गरेकोमा बधाइ दिएका हुन् । बिहीबार भएको रिजल्टमा चौधरीले एसईई परीक्षा २.६५ जिपिए र करिष्मा मान्धनरलाई ३ जिपिए ल्याएर उत्तीर्ण गरेका थिए ।
भट्टराईले बधाइ दिए लत्तगै संसदको शून्य समयमा सांसद चौधरीले पनि आफूलाई परीक्षा पास भएको उपलक्ष्यमा बधाई दिने प्रधानमन्त्री केपी शर्मा ओलीसहित सबैलाई धन्यावाद दिइन् ।
‘मलाई एसईई परीक्षा पास गरेकोमा बधाइ दिने प्रधानमन्त्रीसहित सम्पूर्ण महानुभावहरुलाई धन्यावाद दिन चाहन्छ, चौधरीले भनिन् ।