Breaking News :

पाँच भारतीय नागरिकको नाममा जारी नेपाली नागरिकता रद्द

सरकारले झुटो विवरण पेश गरी भारतीय नागरिकका नाममा जारी पाँच नेपाली नागरिकता रद्द गर्ने निर्णय गरेको छ ।

साथै त्यसरी नागरिकता बनाउने कार्यमा संलग्न व्यक्तिहरूलाई कानुन अनुसार कारवाही गर्ने निर्णयमा पनि सरकार पुगेको छ।

पछिल्लोपटकको मन्त्रीपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सूचना, सञ्चार तथा प्रविधिमन्त्री गोकुल बास्कोटाले गल्ती गर्ने जोसुकैलाई सरकारले कारवाही गर्ने भन्दै जानकारी गराएका हुन्।

सप्तरी जिल्ला प्रशासन कार्यालयबाट नागरिकता लिने भारतीय नागरिक जीवनकुमार सिंह, धनुषा जिल्ला प्रशासन कार्यालयबाट नागरिकता लिने भारतीय नागरिक धर्मेन्द्र ठाकुर र अजयकुमार ठाकुर, रौतहट जिल्ला प्रशासन कार्यालयबाट नागरिकता लिने भारतीय नागरिक जमुना राउत भनि चिनिने यमुना सिंह र कृपाली राउत भनि चिनिने कृपाली सिंहको नेपाली नागरिकता रद्द गर्ने निर्णयमा सरकार पुगेको हो।

merokhabarsathi

Read Previous

करिश्माको कुन विषयमा कति जीपीए ?

Read Next

भरतपुर महानगरपालिकामा फेरी बिबाद शुरु, काँग्रेसद्वारा नगरसभा बहिस्कार

Leave a Reply

Your email address will not be published. Required fields are marked *