Breaking News :

के भए शान्ता र करिश्मा ?

माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको छ ।

बिहीबार परीक्षा नियन्त्रण कार्यालयले पत्रकार सम्मेलन गरी नतिजा प्रकाशित गरेको हो । यसवर्ष चर्चित कलाकार र नेतृले पनि परीक्षा दिएका छन् । के भए त करिश्मा र शान्ता ?

बिहीबार प्रकाशित नतिजनाअनुसार नेकपा नेतृ शान्ता चौधरी र अभिनेतृ करिश्मा मानन्धर पनि उतीर्ण भएका छन् । नेतृ शान्ता चौधरीले बी ग्रेड र अभिनेतृ मानन्धरले बी प्लस ल्याएर उतीर्ण हुनुभएको छ । नतिजाअनुसार शान्ताले जीपीए २.६५ ल्याउनुभएको छ भने करिश्माले ३ ल्याउनुभएको छ ।

गत १० चैतबाट २१ गतेसम्म परीक्षा सञ्चालन भएको थियो ।

merokhabarsathi

Read Previous

एसइईको नतिजा आज सार्वजनिक हुने

Read Next

करिश्माको कुन विषयमा कति जीपीए ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *