एसइईको नतिजा आज सार्वजनिक हुने

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइईको नतिजा आज (बिहीबार) सार्वजनिक गर्ने तयारी गरेको छ ।

विसं २०७५ चैत १० गतेदेखि सञ्चालन गरिएको एसइई परीक्षाको नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको कार्यालयले जनाएको छ ।

कार्यालयले बुधबार नै परीक्षा सार्वजनिक गर्ने गरी तयारी गरे पनि केही प्राविधिक काम बाँकी रहेकाले आज (बिहीबार) परीक्षाफल सार्वजनिक गर्ने गरी काम भइरहेको जानकारी दिएको छ ।

कार्यालयले दिउँसो बोर्ड बैठक बसेर नतिजा सार्वजनिकको तयारी गरेको जनाउँदै प्राविधिक समस्या नआए आजै नतिजा सार्वजनिक गर्ने जानकारी दिएको छ ।

यस वर्षको परीक्षामा देशभरबाट कूल चार लाख ७५ हजार तीन परीक्षार्थी परीक्षामा सहभागी भएका थिए ।

merokhabarsathi

Read Previous

माडीमा बाघले आक्रमण गर्दा एक जना गम्भीर घाइते

Read Next

के भए शान्ता र करिश्मा ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *