Breaking News :

माडीमा बाघले आक्रमण गर्दा एक जना गम्भीर घाइते

माडीको सिमरा गाउँनजिकै दिउँसै बाघको आक्रमणमा परी घाइते भएका एक जनाको उपचारको क्रममा ज्यान गएको एक साता बित्न नपाउदै फेरी एक जना गम्भिर घाइते भएका छन् । बाघको आक्रमणमा परी पूर्वी माडीको बगहीँ क्षेत्रमा एक जना गम्भीर घाइते भएका हुन् ।

बुधवार दिउँसो करीब ३ बजे घरनजिकै पशु चौपाया चराउँदै गरेको अवस्थामा माडी नगरपालिका वडा नं. ९, गोबिन्दवस्ती जेठीबगहीँ निवासी अन्दाजी ४० बर्षका इन्द्रबहादुर दुरालाई निगाले बाघले आक्रमण गरेको हो ।

चरिरहेको बाख्रालाई आक्रमण गर्न खोजेको सो बाघलाई ढुङ्गाले हानेपछि दुरालाई बाघले आक्रमण गरेको वडा नं. ८ का वडाध्यक्ष कृष्णराज अधिकारीले जानकारी दिए । हात र शरीरका अन्य भागहरुमा घाउ लागेका उनलाई कृष्णनगरस्थित अधिकारी मेडिकलमा प्राथमिक उपचार गरी थप उपचारका लागि भरतपुर पठाइएको छ ।

merokhabarsathi

Read Previous

सलमान खानविरुद्ध फेरी अदालतमा मुद्दा

Read Next

एसइईको नतिजा आज सार्वजनिक हुने

Leave a Reply

Your email address will not be published. Required fields are marked *