Breaking News :

भारतीय गाडीको ठक्करबाट पोखरामा ६ जना घाइते

भारतीय गाडीको ठक्करबाट पोखरामा ६ जना घाइते भएका छन्। भारतीय कार चालकले मदिरा पिएर पोखराको लेकसाइड क्षेत्रमा सवारी चलाउँदा दुर्घटना भएको हो।

उक्त कारले ३ मोटरसाइकल, १ ट्याक्सी र १ स्कुटीलाई ठक्कर दिएको थियो। ठक्करबाट घाइते हुनेहरु मध्ये ३ जनाको सृजनाचोक स्थित मेट्रो सिटी हस्पिटलमा उपचार भइरहेको छ।

बाँकी ३ जनालाई सामान्य चोट लागेको छ। उनीहरुको मेडिकलमा उपचार भएको छ।

पोखराको लेकसाइड चिल्लीबार नजिकै हल्लनचोकबाट पामेतर्फ जाँदै गरेको भारत हरियाणा राज्यको एचआरओ ९ एल ०००९ नम्बरको गाडीले विपरित दिशाबाट आएको पल्सरलाई सुरुमा ठक्कर दिएको हो।

ग१६प ९९५९ पल्सर मोटरसाइकल चालक पोखरा २३, कार्कीतहराका ३३ वर्षीय ईश्वर नेपालीका अनुसार उनलाई अगाडिबाट कारले ठक्कर दिएको बताएका छन्।

नेपालीको शरीरको विभिन्न भागमा चोट देखिएको छ।दाहिने घुँडामा गम्भीर चोट लागेको छ भने, अन्य भागमा थप परीक्षण पछि पत्तो लाग्ने हस्टिपलमा उपचारमा संलग्न चिकित्सकले जानकारी दिए। उनीसाथ मोटरसाइकलमा सवार पोखरा १८, भकुण्डे निवासी ८३ वर्षीय पदमबहादुर गुरुङ गम्भीर घाइते भएका छन्।

त्यस्तै, कारले पल्सर पछि होन्डा कम्पनीको स्पलेन्डर मोटरसाइकललाई ठक्कर दिएको थियो।मोटरसाइकल चालक पोखरा ३२ तल्लो गगनगौडा बस्ने ५२ वर्षीय नुरुल शाह घाइते भएका छन्।

अन्य घाइते हुनेहरुमा पोखरा ७, मासबार बस्ने २३ वर्षीय रिगु कुमार रहेका छन्।उनी भारतीय नागरिक हुन्।पेन्टिङ पेसामा आबद्ध रिगुका अनुसार कारले अकस्मात सोरेर लतारेको सुनाए।उनी सवार ग७प १३४७ नम्बरको टिभिएच अपाची मोटरसाइकलमा क्षति पुगेको छ।

अन्नपूर्ण गाउँपालिका ८ निवासी २६ वर्षीया सुनिता अधिकारी समेत सामान्य घाइते भएकी छन्।उनी सवार ग१५प ८६२६ नम्बरको डियो स्कुटीमा क्षति पुगेको छ।

कारले १ ट्याक्सीलाई समेत ठक्कर दिएको थियो।ठक्करबाट ट्याक्सी चालक मदन नेपाली सामान्य घाइते भएका छन्।उनको ग१ज २७८६ नम्बरको ट्याक्सीमा क्षति पुगेको छ।कारले अन्यलाई ठक्कर दिएको हुन सक्ने शंका प्रहरीले गरेको छ।

कार चालक अजय बरालको मेडिकल परीक्षण रिपोर्ट आएपछि मदिरा पिएकोबारे पुष्टि हुने प्रवक्ता केसीले बताए।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

merokhabarsathi

Read Previous

चितवनको गर्मि बिर्साउदै जलविरे

Read Next

सलमान खानविरुद्ध फेरी अदालतमा मुद्दा

Leave a Reply

Your email address will not be published. Required fields are marked *