रविना पौडेल, चितवन।चितवनको गर्मीलाई बिर्साउन आजभोली लामो झरनामा अर्थात् जलविरेमा दैनिकजसो अवलोकन गर्नेको भीड लाग्ने गरेको छ ।
नारायणगढबाट २९ किलोमिटर तथा मुग्लिनबाट सात किलोमिटरको दूरीमा रहेको यो झरना मुख्य सडक बाट नजिकको दूरीमा भएकोले पनि झरना घुम्न आउनेको संख्यामा वृद्धि भएको हो । इच्छाकामना गाउँपालिका वडा नं. ६ मा अवस्थित छ जलविरे सडक किनारको जलबीरे मन्दिरबाट एक किलोमिटर उकालो हिँडेपछि झरनामा पुगिन्छ ।
चितवन चर्काे गर्मी कोलाहल र तनाव तथा थकान मेट्नका लागि यो ठाउँ उपयुक्त रहेको चितवनवासी विकास गुरुङ बताउनु हुन्छ। चितवनको गर्मीलाई बिर्साउने यो झरनाको सानो पोखरीमा नुहाउदाको शीतलता र चिसो हावाको स्पर्शबाट अविस्मरणीय आनन्द आफुले महशूस गरेको गुरुङ बताए।
गर्मी याम शुरु भएसँगै झरनामा पर्यटकको आवागमन बढेको हो । झरनामा दैनिक १०० जनाको हाराहारीमा पर्यटक आउने गरेको जलबीरे लामो झरना पर्यटन विकास समितिले जानकारी दिए । शनिबार र अन्य बिदाका समयमा पर्यटकको अत्याधिक चाप हुने गर्दछ।
‘क्यानोनिङ’, ‘क्लाइम्बिङ’, ‘स्विमिङ’, ‘स्लाइडिङ’, ‘जम्पिङ’ र ‘हाइकिङ’, याकराङ गुरुङ्ग गाउँको होमस्टे, गुरुङ समुदाएको संस्कृति, स्थानीय खानाका परिकार, नारायणी नदी बगेको दृश्यावलोकन, हरियाली पर्वत श्रृङ्खलाहरुको अवलोकन तथा र्याफ्टिङ यहाँका थप आकर्षणहरु हुन् ।