भरतपुरलाई स्मार्ट र समृद्ध बनाउन नारायणीमा सी बीच मोडल देखि व्यापारिक भवन सम्म

भरतपुर महानगरपालिकाको आज भरतपुरमा सम्पन्न चौथो नगरसभाले १९५ बुँदे नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नगरसभामा भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् ।

भरतपुरलाई स्मार्ट र समृद्ध बनाउन महानगरभित्र गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला, महानगरीय बहुउद्देश्यीय सभाहल एवम् व्यापारिक भवन, बहुतले प्रशासनिक भवन, नारायणी नदीमा सी बिच मोडलको विकास, अटोल्याण्ड, महानगरीय नमूना सडक जस्ता आयोजनाहरुलाई तीव्र गतिमा अघि बढाइने कार्यक्रममा उल्लेख छ ।

पूर्वाधार निर्माणलाई विशेष प्रथामिकता दिँदै नीति तथा कार्यक्रममा नारायणी नदीमा तटबन्ध सहितको रिङरोड, हुलाकी सडक, पुलचोकदेखि गोन्द्राङ्गसम्म हरियालीसहित ६ लेन सडक, वाइपास सडकको विस्तार गरिने उल्लेख छ ।

त्यस्तै केन्द्रीय बस टर्मिनलको स्तरोन्नति, नारायणी नदीमा सडक पुल लगायतको भौतिक पूर्वाधारका कामहरू केन्द्र एवम् प्रदेश सरकारको सम्न्वयमा अघि बढाइने योजना पनि समावेश गरिएको छ । नारायणी नदी कटान नियन्त्रण गर्न निजी क्षेत्रसँग साझेदारी गरी मानव निर्मित सामुद्रिक तट मोडलसहित मनोरञ्जन पार्क निर्माण प्रक्रिया अघि बढाइने नीति तथा कार्यक्रममा उल्लेख छ ।

merokhabarsathi

Read Previous

भरतपुर महानगरपालिकाको बजेट ३ अर्ब ३७ करोड ३१ लाख १७ हजार रुपैयाँ

Read Next

चितवनको गर्मि बिर्साउदै जलविरे

Leave a Reply

Your email address will not be published. Required fields are marked *