अस्ताए वामपन्थी नेता काजीबा, प्रचण्ड द्वारा श्रद्धाञ्जली व्यक्त
भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि ३ अर्ब ३७ करोड ३१ लाख १७ हजार रुपैयाँको बजेट ल्याएको छ ।
महागनरको चौथो नगरसभामा उपमेयर पार्वती शाह ठकुरीले बजेट प्रस्तुत गरेकी हुन् । बजेटको स्रोतका रुपमा अन्तरसरकारी अख्तियारीबाट ६० करोड, आन्तरिक आयबाट ८० करोड, अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट एक अर्ब ४२ करोड ५५ लाख ४६ हजार, सरकारबाट प्रदान गरिने राजस्व बाँडफाँटबाट वापत ५३ करोड २५ लाख ७१ हजार, अन्यबाट एक करोड ५० लाख, जनसहभागिताबाट ३० करोड र बैंक मौज्दातबाट ३० करोड रुपैयाँ राखिएको छ ।
बजेटमा पूर्वाधार विकासलाई पहिलो प्राथमिकतामा राखिएको मेयर रेनु दाहालले बताइन् । बजेटको ३५ प्रतिशत पूर्वाधार विकासमा छुट्याइएको छ भने उत्पादनशील क्षेत्रमा २२ प्रतिशत, शिक्षा र स्वास्थ्यमा २० प्रतिशत, वातावरण र सरसफाईमा १० प्रतिशत, कमजोर पक्षको सवलीकरणमा ५ प्रतिशत र युवा तथा खेलकुद र संस्थागत विकास तथा सुशासनमा ४÷४ प्रतिशत छुट्याइएको छ ।
वडालाई १ करोड १५ लाखदेखि १ करोड २५ लाखसम्म बजेट विनियोजन गरिएको छ । महागनरपालिकामा २९ वटा वडा छन् ।
महानगरपालिकाले चालु आर्थिक बर्षका लागि ३ अर्ब ७६ करोड ३ लाख ९४ हजारको बजेट ल्याएको थियो ।