अस्ताए वामपन्थी नेता काजीबा, प्रचण्ड द्वारा श्रद्धाञ्जली व्यक्त
चितवनमा निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि भरतपुर महानगरपालिकाले ६ करोड ४५ लाख रुपैंया बजेट विनियोजन गरेको छ ।
महानगरपालिकाका तर्फबाट चार करोड र प्रत्येक वडाबाट पाँच/पाँच लाख गरी १ करोड ४५ लाख बजेट विनियोजन गरिएको हो । आर्थिक बर्ष २०७६/७७ को बजेट प्रस्तुत गर्दै महानगरपालिकाकी उपप्रमुख पार्वती शाहाले महानगरपालिकाका २९ वडाबाट पाँच/पाँच लाख र बाँकी रकम महानगरपालिकाले विनियोजन गरेको बताउनुभयो । यसअघि प्रदेश नम्बर ३ सरकारले रंगशाला निर्माणका लागि पाँच करोड बजेट विनियोजन गरिसकेको छ ।
रंगशालाको बारमा डोजर लगाएपछि निर्माणको काम रोकिएको छ भने निर्माण सूचारुका लागि पहल भइरहेको महानगरपालिकाले जनाएको छ ।